दिपेनको ‘प्रतिविम्ब’

काठमाडौं : नयाँ एल्बम ‘प्रतिविम्ब’ मार्फत दिपेन गुरुङ गायकका रूपमा नेपाली संगीतक्षेत्रमा प्रवेश गरेका छन् । लोक तथा आधुनिक फ्लेबरको सो एल्बम हालै संगीतकार प्रकाश गुरुङले विमोचन गरे ।
इलाममा जन्मेहुर्केका दिपेनको ‘प्रतिविम्ब’ मा कान्छी मट्याङट्याङ, ठेकीमा दही, एहै ङालस्यो, काली पारी सोल्टिनी, पागल भए र म तिम्रो सहरमा बोलका सात गीत छन् । ‘कान्छी मट्याङट्याङ’ गीत रिमेक गरिएको हो । उक्त गीतका सक्कल गायक तथा संगीतकार लक्ष्मीप्रसाद जोशी हुन् । अन्य बाँकी ६ गीतमा शब्दरचना क्रमश: बुद्धवीर लामा, चन्द्रकुमार दोङ, मुकुन्दराज शर्मा, धनु गाङ्मी मगर, राज तामाङ र तुलसी बस्नेतको रहेको छ । गणेश गुरुङ, चन्द्रकुमार दोङ, भुवन सुप्तिहाङ राई, राज तामाङ र उज्वल लिम्बूले संगीत भरेका छन् । एल्बम कृपा म्युजिकले बजारमा ल्याएको हो । (सौस)

प्रतिक्रिया