नवल कलाकारका नयाँ अध्यक्ष

काठमाडौं : नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा नवल खड्का चयन भएका छन् । संघको शनिबार सम्पन्न निर्वाचनमा खड्काले प्रत्यासी सविन बाँस्तोलालाई भारी मतले पराजित गरेका हुन् । नवलले दुई सय २१ मत प्राप्त गर्दा बाँस्तोलाको भागमा ४३ मत परेको थियो ।
यस्तै उपाध्यक्ष पदमा लक्ष्मी गिरी एक सय ४९ मत र राजराम पौडेल एक सय २५ मत प्राप्त गरेर विजयी भएका छन् । महासचिव पदमा रामकेशर बोगटी एक सय ५७ मत ल्याएर निर्वाचित भए । सचिव पदका विजयी उत्तम केसीले एक सय ७१ मत ल्याए । कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा भने क्रमश: आकाश खवास र नायिका निशा अधिकारी निर्विरोध भएका थिए ।
सदस्य पदमा सुमिना घिमिरे, शंकर बिसी, पुजना प्रधान, मनोज श्रेष्ठ, सुशील पोखरेल, विजय देउजा, सरोज केसी, श्रीराम प्रसाईं, सुनीता कार्की र प्रदीप सिंह चयन भएका छन् । दसजनाका लागि हुने सदस्य पदको निर्वाचनमा २० जनाले उम्मेदवारी दिएका थिए । निर्वाचित सदस्यहरूमध्ये नायिका सुमिना घिमिरेले सर्वाधिक १७६ मत प्राप्त गरेकी छिन् ।
निर्वाचनमा कुल तीन सय ८३ जना मतदाता रहेकोमा दुई सय ७१ मत खसेको थियो । चुनावी मैदानमा उत्रेका उम्मेदावरहरू शनिबार बिहानैदेखि भोट माग्न व्यस्त थिए । उनीहरूले मतदातालाई आफूतर्फ आकर्षित गर्न पर्चा र पम्लेट
तयार गरी निर्वाचन स्थलमा
छरेका थिए । (सौस)

प्रतिक्रिया