पर्वत : बाढीले पूर्णरूपमा क्षति पुर्याएको लघुजलविद्युत् परियोजना आर्थिक अभावका कारण मर्मत गर्न नसक्दा दुई दुर्गम गाउँ अन्धकार भएका छन् । दुई महिनाअघि आएको बाढीले बगाएको लुङ्दीखोला लघुजलविद्युत् परियोजना मर्मत गर्न नसक्दा उत्तरी पर्वतको शालिजा र लेखफाँट गाविसका जनताले बिजुली बाल्न नपाएका हुन् ।
शालिजा गाविसमा रहेको १२ किलोवाट क्षमताको लुङ्दीखोला लघुजलविद्युत् केन्द्र गत १७ भदौमा आएको बाढीका कारण अवरुद्ध बनेको हो । बाढीले ४१ लाख रुपियाँभन्दा बढीको क्षति पुर्याएको लुङ्दीखोला लघुजलविद्युत् परियोजनाका अध्यक्ष गमबहादुर पुनले बताए । विद्युत् आपूर्ति बन्द भएपछि स्थानीय ५० भन्दा बढी घरधुरी टुकीको भरमा रात काट्न बाध्य छन् ।
स्थानीयवासीसँग सामान्य रकम संकलन गरेर पनि मर्मत गर्न नसकिने अवस्था रहेकाले समस्या परेको गाउँलेले बताएका छन् । (सौस)
प्रतिक्रिया