कात्तिकमा साइना

काठमाडौं : एसपी मुभी मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘साइना’ आगामी कात्तिक २४ गतेबाट प्रदर्शनमा आउने भएको छ । गत शुक्रबार नै प्रदर्शनको प्रयास गरिए पनि प्राविधिक कार्य नसकिएकाले पछि सार्नुपरेको निर्माणपक्षले जानकारी दियो । प्रशान्त गिरी, खुस्बु खड्का, सलोनी गुरुङ, मदन श्रेष्ठ, जीवन थापा मुख्य भूमिकामा छन् । प्रशान्तलाई नेपाली चलचित्रक्षेत्रकै कान्छा नायकका रूपमा प्रचार गरिएको छ । प्रेमकथाका साथै ‘हरर’ विषवस्तुलाई क्यामेरामा कैद गरिएको चलचित्र सुरज प्रधानले निर्माण गरेका हुन् । पाल्पा, नारायणघाट, लुम्बिनी, काठमाडांैलगायतका स्थानमा छायांकन गरिएको चलचित्रमा बिनोद सापकोटाको छायांकन, रत्न जोशी र सुरेस चौधरीको नृत्यनिर्देशन छ । ‘हरर’ चलचित्र भएकोले द्वन्द्वदृश्य भन्दा पनि स्पेसल इफेक्ट भरेर आर्कषक बनाइएको निर्देशक समीर मियाले बताए । गोमा मानन्धर/ प्रशिक्षार्थी

प्रतिक्रिया