मलेसियामा दुई पदक

काठमाडौं : मलेसियाको सबाहमा भएको तेश्रो एसियाली विश्वविद्यालय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक रजत र एक कांस्य जितेको छ । प्रतियोगितामा महिलाको ५३ केजीमुनि आयशा शाक्यले रजत तथा पुरुषको ५८ केजीमा विशाल श्रेष्ठले कांस्य जितेको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिं बोहोराले जनाएका छन् ।
आयशा फिलिपिन्सकी खेलाडीलाई १५–४ तथा मलेसियालाई १२–८ ले हराउदै फाइनलमा पुगेकी थिइन् । फाइनलमा आयशा थाइल्यान्डकी खेलाडीसंघ ८–६ को झीनो अन्तरले चुकिन् । पहिलो खेलमा वाइ पाएका विशालले अर्को खेलमा भियतनामका खेलाडीलाई हराए ।
कम्बोडियाका खेलाडीसंग पराजित भएपछि विशाल कांस्यमा सीमित भए । टोलीको प्रशिक्षकमा दीपक विष्ट छन् । तीनदिने प्रतियोगिता शनिबारै सम्पन्न भएको छ । (सौस)

प्रतिक्रिया