पाकिस्तानमा विस्फोट, पन्ध्रको मृत्यु

पेसावर : पाकिस्तानको उत्तरपश्चिमी खैवर क्षेत्रमा शनिबार भएको एक कारबम विस्फोटमा कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ भने अन्य ३० घाइते भएको अधिकारीहरूले जनाएका छन् । विस्फोट स्थानीय विद्रोहीविरोधी शान्ति समितिको कार्यालयनजिकै भएको थियो ।
आदिवासी सुरक्षा अधिकारी सिरिन गुलले उक्त बम आक्रमणको लक्ष्य स्थानीय शान्ति समिति रहेको जानकारी दिए । हालसम्म उक्त आक्रमणका लागि कसैले पनि जिम्मेवारी लिएको छैन । (एजेन्सी)

प्रतिक्रिया