इयुलाई नोबेल पुरस्कार दिइएकामा स्वागत

पेरिस, २८ असोज । युरोपेली समाचारपत्रहरूले युरोपेली महासंघ (इयु) लाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णयको स्वागत गरेका छन् भने बेलायती प्रेसले भने उक्त निर्णयलाई सम्मान गर्न नसकेको देखिएको छ ।

सन पत्रिकाले आफ्नो प्रमुख शीर्षकमा पूर्वअर्थमन्त्री नोरम्यान ल्यामोनलाई उद्धरण गरी युरोपेली महासंघलाई उक्त पुरस्कार दिएको उचित नभएको धारणा राखेको छ ।
दक्षिणपन्थी डेली मेलले ‘नोबेल शान्ति पुरस्कार मुख्र्याइँका लागि’ भन्ने धारणा राखेको छ । उसले यस समाचारका लागि एथेन्समा प्रदर्शनकारीले जर्मन चान्सलर एन्जेला मर्केलको यस साताको भ्रमणमा नाजीको जस्तो पहिरनमा गरेको प्रदर्शनको तस्बिर प्रकाशन गरेको छ ।
युरोपका अन्य भागमा उक्त पुरस्कारप्रतिको प्रतिक्रिया भने सकारात्मक रहेको छ । केही टिप्पणीकर्ताले युरोपेली महासंघ हाल ऋण तथा घाटा बजेटमा फसेको र यसबाट उम्कन प्रयास गरिरहेको अवस्थामा हाल राम्रो नदेखिएको दाबी गरेका छन् ।
‘राम्रो विचार तर कमजोर अवस्था’ भन्ने अवधारणा जर्मन पत्रिका डेर स्पिएगलले राखेको छ । पत्रिकाले युरोपेली महासंघलाई पुरस्कार दिने कुरालाई कसैले पनि गम्भीरतापूर्वक नलिएको उल्लेख गरेको छ । पत्रिकाले यो निर्णय निकै सजिलो भएको पनि उल्लेख गरेको छ ।
बेल्जियमबाट प्रकाशन हुने पत्रिका ‘ले स्वा’ ले आफ्नो सम्पादकीयमा युरोप संकटबीच पनि ६० वर्षसम्म शान्त रहेको उल्लेख गरेको छ । पत्रिकाले युरोपेली जनताले हाल आफ्नो आशा गुमाउने कारण भए पनि उसले युरोप प्रजातन्त्रको प्रगतिमा प्रमुख खेलाडी भएको सम्झना गर्न नोबेल पुरस्कार लिनुपर्ने उल्लेख गरेको छ ।
इटालीको मध्यदक्षिणपन्थी पत्रिका ‘ला स्टाम्पा’ ले यस्तै धारणा राखेको छ । उसले यो पुरस्कार महादेशीय एकीकरणको प्रक्रियामा सबैभन्दा कठिन अवस्थामा पुग्दा आश्चर्यजनक रूपमा आएको उल्लेख गरेको छ । पत्रिकाले संकटले युरोपेली परिवारलाई समस्यामा पारेको उल्लेख गरेको छ ।
फ्रयांकफर्टमा एलेजेमाइन जाइटुङले युरोपेली परियोजना विगतको परियोजना नभई भविष्यको परियोजना भएको उल्लेख गरेको छ ।
बेलायती प्रेसको मध्यवामपन्थी इन्डिपेन्डेन्टले अग्रपृष्ठमा भग्नावशेष तथा अश्रुग्यासबीच ग्रिसका दंगाकारी देखाएको छ र शीर्षकमा युद्धलाई शान्तिले प्रतिस्थापन गरेको मौलिक परियोजना भन्ने उल्लेख गरेको छ ।
द टाइम्सले युरोपेली परियोजनालाई युरोपेली महादेशको पूरा हुनै नसक्ने परियोजनाको रूपमा उल्लेख गरेको छ ।
डेली टेलिग्राफले आफ्नो सम्पादकीयमा यस निर्णयका कारण अल्प्रेmड नोबेलका उत्तराधिकारीले आफ्नो सम्पत्ति फिर्ता माग्ने अवस्था आएको त होइन ? भन्ने प्रश्न गरेको छ । बेलायतमा यस निर्णयलाई फाइनान्सियल टाइम्सले मात्र स्वागत गरेको छ ।

प्रतिक्रिया