पत्नीको छुरा प्रहारबाट पतिको मृत्यु

इलाम, २७ असोज । आफ्नै पत्नीको छुरा प्रहारबाट इलामको बाँझोमा एक व्यक्तिको ज्यान गएको छ ।
शुक्रबार बेलुका पत्नीको छुरा प्रहारबाट गम्भीर घाईते बाँझो–९ का २३ बर्षीय धनजीत भनिने जितबहादुर राईको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
उनको विराटनगरस्थित न्यूरो अस्पतालमा आज (शनिबार) दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक गणेश बाँस्तोलाले बताए ।
सामान्य घरायसी विवादका क्रममा झगडा भएपछि २१ बर्षीया पत्नी पम्फा राईले पतिको कञ्चटमा छुरा प्रहार गरेकी थिए । घटनामा संलग्न पम्फालाई स्थानीय बाँझो प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया