गुलाबी दुनियाँकी नौली बाला

सिन्धुपाल्चोककी ‘ब्ल्याक ब्युटी’ जानुका बोहरा फोटोसेसन गर्दा वनपिस र ब्ल्याक ड्ेरसमा निकै सेक्सी देखिएकी थिइन् । अरू मोडलभन्दा यो मानेमा जानुका अलि फरक रहिछन् कि उनको मुहारमा लज्जाको कुनै रेखा देखिँदैनथ्यो । हरेक पटकको ड्रेस चेन्जमा उनको जवानी देहबाहिरैबाट चुहिएलाजस्तो लाग्थ्यो । मेकअपमा पहिलेभन्दा ‘राम्री’ देखिएकी उनको गुलाबी हाँसो अँध्यारो ‘ब्ल्याक बक्स’ भित्र नाटकमा यता र उता दौडिँदाको जस्तै सुन्दर र निर्दोष देखिन्थ्यो । अँ † भनिहालौं, यी सुन्दरी पहिले नाटकमा आफ्नो भाग्य खोज्न गाउँले उकाली–ओराली चटक्कै माया मारेर सहर पसेकी हुन् । भन्छिन्, ‘मलाई त अभिनयको लत लागेछ, छुटाउनै नसकिने रहेछ ।’ चार दर्जनभन्दा बढी सडक नाटक र एक दर्जन स्टेज नाटकमा आफूलाई अब्बल देखाएकी जानुका अहिले फिल्ममा आफ्नो भाग्य खोज्न तम्सिएकी छिन् । टेलिसिरियल ‘किलो ट्याङ्गो माइक’मा अभिनय गरिसकेकी उनी अभिनीत फिल्म ‘धन्दा’, ‘नतिजा’, ‘मेरो माया तिमीलाई’ प्रदर्शनको क्रममा छन् । मास्टर्स पहिलो वर्ष अध्ययनरत उनी बेलाबेला भावुक हुन्छिन् । भन्छिन्, ‘मिलेसम्म जिन्दगी नै अभिनयमा बिताउँछु, हेरौं समयले कत्तिको साथ दिन्छ †’ नाटकमा बोधिसत्त्वजस्तै मौन अभिनय गर्ने जानुका एकैपटक कसरी यो तडकभडकपूर्ण दुनियाँमा आइन् ? ‘नाटकमा अभिनय सिकिन्छ । तर, नाम छैन । नामकै खोजीमा म यो ग्ल्यामर दुनियाँमा आएकी हुँ ।’ हेरौं चमकधमकपूर्ण अभिनय र ग्ल्यामरको यो रंगीन दुनियाँले यी २३ वर्षे बालाको सपनालाई कतातिर डोर्‍याउँछ ?

   शब्द/तस्बिर : ज्ञानेन्द्र कार्की
मेकअप/हेयर स्टाइल : अशोक रोक्का
स्टुडियो : इ–कलेज मोडल डट कम

प्रतिक्रिया