दुर्घटनामा एकको मृत्यु १६ घाइते

चितवन, २६ असोज । चितवनमा आज भएको बस दुर्घटनामा १६ यात्रु घाईते भएका छन् ।
पिप्ले–९, झुरझुरेमा ना.३ ख ६१३५ नम्बरको बस आज विहान नौं बजे अचानक सडकबाट तल खस्दा १५ यात्रु घाईते भएको प्रहरीले जनाएको छ । बस काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै थियो ।
बस सडकबाट अन्दाजी १५ फिट तल खोलामा खसेको छ । घाइतेहरुको भरतपुरमा उपचार भएको छ । घाईतेको अवस्था सामान्य रहेको छ ।
उता, पोखरा उपमहानगरपालिका–५ जिरोकिलो भन्ने ठाउँमा रोकी राखे बसलाई कारले ठक्कर दिएको छ । ठक्कर दिदा कार चालक पोखराका मोहन नेपालीको मृत्यु भएको छ । ना.३ ख ७०१९ नम्वरको बसमा आज विाहन साढे तीन बजे बा.८ च १८०० नम्वरको कार ठोक्किएको थियो ।

प्रतिक्रिया