नेविसंघद्वारा राजधानीमा प्रदर्शन

काठमाडौं, २६ असोज । नेपाल विद्यार्थी संघले सिन्धुली जिल्लामा आफ्ना नेता तथा कार्यकर्ता माथि भएको आक्रमणको विरोधमा आज राजधानीमा प्रदर्शन गरेको छ ।
नेविसंघका कार्यकर्ताले पुतली सडकस्थित पद्मोदयमोड र चावहिलमा प्रदर्शन गरेको प्रवक्ता युपी लामिछानेले जानकारी दिए । आक्रमणमा संलग्न दोषीहरुलाई तत्काल कारबाहीको माग गरेर नेविसंघले प्रदर्शन गरेको जनाएको छ । उसले घाईतेको निःशुल्क उपचार गर्न पनि माग गरेको छ ।

प्रदर्शनका कारण केही समय सो क्षेत्रको सवारी आवागमन प्रभावित भएको थियो । विद्यार्थीले दोषी वाईसियलका कार्यकतालाई वचाउन सरकार सक्रिय रहेको भन्दै विरोधमा नारावाजी पनि गरेका थिए ।
सिन्धुलीमा वाईसियलको आक्रमणबाट नेविसंघका केन्द्रीय सदस्य नवराज श्रेष्ठ, जिल्ला सदस्य कान्छाराम तामाङलगायत घाईते भएपछि विद्यार्थीले विरोध जनाउँदै आएका छन् । श्रेष्ठसहित तीन जना घाईतेको काठमाडौंको ओम अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया