आमाको गहना चोरेर वेश्यासँग

बर्लिन : जर्मनका एक १४ वर्षीय बालकलाई आमाको गहना चोरेर वेश्यासँग लहसिएको आरोप लागेको छ । प्रहरीका अनुसार जर्मनको काल्र्सरुहे सहरका किशोरले आमाका गहना तीन सय युरोमा जाकटी राखेर वेश्यागमन गरेका थिए । आफ्नै उमेर समूहका अर्का किशोरलाई लिएर उनी वेश्यालय गएका थिए । किशोरकी आमाले छोराले गहना चोरेको आरोप लगाएको र छोरोले समेत आरोप स्वीकार गरेको छ । जर्मनमा वेश्यावृत्तिलाई कानुनी मान्यता प्राप्त छ । तर, १८ वर्षभन्दा कम उमेरका मानिस वेश्यालय जानु जर्मनमा ठूलो अपराध मानिन्छ । किशोरलाई स्वागत गर्ने वेश्यालयमाथि पनि प्रहरीले अनुसन्धान थालेको छ । (एजेन्सी)

प्रतिक्रिया