औषधि पसलहरुमा अनुगमन

दैलख, २५ असोज । जिल्ला अनुगमन उप–समितिले दैलेखका औषधि पसलहरु अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश औषधि पसल मापदण्ड विपरित फेला परेको उपसमितिले जनाएको छ ।
उपसमितिले ९ भन्दा बढि औषधि पसलहरुले म्याद सक्किएका औषधि राखेको फेला परेको जनाएको छ । अनुगमन पछि उपसमितिले एक साता भित्र मापदण्ड पुरा गर्न सबैलाई निर्देशन दिएको छ ।
उपसमितिले पसल दर्ता, पान नम्बर औषधि व्यबस्था विभागको अनुमति, लाईसेन्स, पसलको मूल्य सूचि अनिवार्य राख्न पनि निर्देशित गरेको छ ।

प्रतिक्रिया