म्युजिक भिडियो छायांकनका लागि पूर्वतिर

काडमाडौ : एक दर्जन जागरणमूलक गीतको म्युजिक भिडियो बनाउने उद्देश्यले निर्देशक सरोज ओली पूर्वतिर लागेका छन् । करिब दुई साताको प्याकेजमा १२ वटा म्युजिक भिडियो बनाउने गरी उनी कलाकर्मी तथा प्राविधिकसहित छायांकनका लागि निस्किएका हुन् । पूर्वका झापा, इलाम, मोरङ, सुनसरीमा बालबालिका, भ्रष्टाचारविरोधी, बैंकसम्बद्ध सन्देशमूलक म्युजिक भिडियोहरू छायांकन गरिने निर्देशक ओलीले बताए । ‘सबै गीत जनचेतनामूलक भएकाले गाउँघरका दृश्य समेट्न पूर्वी ग्रामीण क्षेत्र रोजेका हौँ,’ उनले भने, ‘हरेक गीतमा स्थानीयलाई पनि सहभागी गराउनेछौँ ।’ जिविस, नगरपालिका, गाविसप्रमुख तथा गाउँलेहरूलाई भिडियोमा समेट्ने योजना उनले सुनाए । ओलीले निर्देशन गर्ने बाह्रै गीतको छायांकन सुदीप बरालले गर्दै छन् । (गोमा मानन्धर, प्रशिक्षार्थी)

प्रतिक्रिया