एन्फा रेफ्री रिफ्रेसर कोर्स

काठमाडौं : विश्व फुटबल महासंघको कार्यक्रमअनुसार अखिल नेपाल फुटबल संघको आयोजनामा काठमाडौमा मंगलबारदेखि फिफा एमए स्पेसल रेफ्री कोर्स सुरु भएको छ ।
उक्त रेफ्री रिफ्रेसर कोर्स कार्यक्रम आइतबारसम्म चल्नेछ । कार्यक्रमको मंगलबार नै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले उद्घाटन गरे । कार्यक्रममा संघका महासचिव धीरेन्द्र प्रधानले स्वागत मन्तव्य व्यक्त गरे । फिफा टेक्निकल इन्स्ट्रक्टर भेलेन्टाइन इभानोभल (रुस) ले कार्यक्रमबारे प्रकाश पारे । त्यसै अवसरमा इभानोभलले तिम्सिनालाई फिफा पेनेन्ट प्रदान गरे । फिफाका रेफ्रीङ डेभलपमेन्ट अफिसर मोहम्मद मोहसिन अरिफले संघका उपाध्यक्ष ललितकृष्ण श्रेष्ठलाई फिफा पेनेन्ट उपहार दिनुभएको थियो । कार्यक्रममा फिफाका रेफ्रीङ डेभलपमेन्ट अफिसर मोहम्मद मोसिन अरिफले पनि मन्तव्य व्यक्त गरे ।
उक्त कार्यक्रममा फिफा रेफ्री लव खत्री, सचिन अमात्य, सुदीश पाण्डे, फिफा सहायक रेफ्री राजेश श्रेष्ठ, अशोक वज्राचार्य, पदम भुजेल र नानीराम थापा सहभागी छन् । साथै फिफा महिला रेफ्री कल्पना शर्मा, फिफा महिला सहायक रेफ्री अरुणा गुरुङ, बिना श्रेष्ठ, अस्मिता मानन्धर, सृजना बर्तौला, राष्ट्रिय रेफ्री विकास महत, रोजन श्रेष्ठ, बलराम थापा र श्रवण लामा पनि सहभागी छन् । सहभागी अन्य रेफ्रीमा नविन्द्र महर्जन, प्रकाशनाथ श्रेष्ठ, विक्रम चौधरी, शुक्र तामाङ, सिद्धान्त प्रजापति, कविन व्यञ्जनकार, गोविन्द वाग्ले, राजकुमार थापा, यशराज राई, रामहरि ढकाल, युनाल मल्ल, पदम चन्द, अमीर पुन, गणेश चौधरी र माया लामा रहेका छन् । (सौस)

प्रतिक्रिया