राजेशको रहस्य

एक समय नायक राजेश हमालको जगजगी निकै थियो । जुन चलचित्र हेर्‍यो उनै हिरो  । जुनसुकै चलचित्रमा आपैँmले खेलिदिनुपर्ने भएपछि जहिल्यै बेफुर्सदी मात्रै थियो उनलाई । झिनामसिना कार्यक्रम त उनको सूचीमै पर्दैनथे । त्यसमाथि उनलाई आरोप पनि थियो– राजेश पङ्च्युअल छैनन् । कुनै पनि कार्यक्रममा टाइममा पुग्दैनन् । हुन पनि उनकै कारण थुप्रै समारोह दुईघन्टा ढिलो सुरु भएका समाचार सुनिइरहन्थे । त्यति मात्रै कहाँ हो र ? आफ्नै चलचित्रको शुभमुहूर्त एवम् छायांकनमा पनि त्यही शैली देखाएपछि निर्माता–निर्देशक दिक्कै हुन्थे । दर्शकले अत्यधिक रुचाएका स्टाइलिस सुपरस्टार परे, नलिई सुख पनि कहाँ थियो र ?
तर, अहिलेको भने कुरै अर्को छ । ठूलाठूला कार्यक्रममा पनि नगइदिने राजेशलाई हिजोआज सानातिना कार्यक्रममा पनि देखिन थालेको छ, त्यो पनि समयमै । केही दिनअघि मात्रै उनले एल्बम विमोचनमा सहभागिता जनाए । एउटा हेयर ड्रेसरको उद्घाटन पनि गरे । किन यति उदार भए त राजेश ? पक्कै पनि पाको हुँदै गएपछि उनको आनीबानीमा परिवर्तन आएको होला । सबैलाई महत्त्व दिनुपर्ने रहेछ भन्ने लागेको होला †
तर, बुझ्दै जाँदा कुरो अर्कै परेछ † उमेर घर्केर बुढ्यौलीतिर उकालिँदै जाँदा पनि बिहे नगरी बसेका उनलाई हिजोआज चलचित्रको अफरै आउन छाडेछ । चलचित्र क्षेत्रका अढाई दशक पुराना यी हिरोलाई नयाँहरूले विस्थापित गरिसकेका छन् । चलचित्रमा देखिन छाडेपछि मिडियामा छाउने बहाना पनि कमै मिल्ने भयो । मिडियामा नछाए चर्चा नहुने ।
चलचित्र अनि ठूला कार्यक्रमबाट अफर आउँदैनन्, अनि त जस्तो कार्यक्रमबाट निम्तो आउँछ, पुग्नै परिहाल्यो । फेरि एल्बम विमोचनमा जाँदा सुटुक्क म्युजिकभिडियो खेल्ने कुरो पनि मिलाउन पाइने । चलचित्र नपाएका बेला म्युजिकभिडियो पनि ठूलै राहत पो हुन्छ त † फेरि बोलाउनेलाई पनि नायकले उद्घाटन गर्ने भनेपछि उति साह्रो प्रचारप्रसार गर्नुनपर्ने, मिडिया आइहाल्छन् । चचार्मा आउने हमालको काइदा त गज्जबकै हो † तर काम नपाएकाहरूले अनेकथरी कुरा काट्दा रहेछन् भन्या– ‘बाघ बूढो भएपछि फट्यांग्रो समात्छ भनेको यही हो क्या † अब बिहे नगरी बस्दैमा तरुनो हिरोलाई जसरी कसरी खेलाउँछन् त निर्माता निर्देशकले † उमेर लुकाए पनि गालाको चाउरीले सबै कुरा बताइहाल्छ क्यारे †’

प्रतिक्रिया