“ओछ्यानमा एक्लै हुँदा नरमाइलो लाग्थ्यो”

तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली ?
पत्रपत्रिकाजस्तो संवेदनशील अंगमा नराम्रो गाली भन्न सक्दिनँ ।
एक दिनका लागि रूप परिवर्तन गर्न पाए ?
बाघ बनेर जंगलको राजा हुन्छु ।
चुरोट सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्रिए ?
म चुरोट सेवनै गर्दिनँ । त्यस्तो भइहाले पक्रन आउने प्रहरीलाई नै बाँकी चुरोट तान्न दिन्थेँ ।
कुनै युवतीले दश वर्षसम्म पनि तपाईंलाई प्रेमप्रस्ताव राख्न छाडिनन् भने ?
अर्को १० वर्षसम्म प्रस्ताव अस्वीकार गरिरहन्थेँ  । त्यसपछि २० वर्षसम्म पनि विवाह नगरी बसिन् भने चाहिँ सिधै बिहेका लागि ओके †
भव्य सभामा सबैले देख्ने गरी तपाईंको कपालबाट जुम्रा कुममा हामफाल्यो भने ?
एउटा पूर्वसभासद् कसरी मेरो कुममा टाँसिन आइपुगेछ भन्दै जुम्रालाई मिल्काइदिन्थेँ ।
पत्नीबाहेक रियल लाइफमा कसैलाई चुम्बन गर्नुभएको छ ?
यो गोपनीयताको कुरा हो, भन्दिनँ ।
स्वप्नदोषको अनुभव कस्तो छ ?
१४–१५ वर्षको उमेरमा कुनै युवतीसँग सपनामा सेक्स सम्बन्ध हुन्थ्यो । बिहान ओछ्यानमा आफू एक्लै हुँदा नमज्जा लाग्थ्यो ।
तपाईंका साथमा अहिले कति नगद छ ?
१ सय ५१ रुपियाँ ५१ पैसा  ।
मान्छेले कट्टु किन लगाउँछन् ?
संवेदनशील अंगलाई सुरक्षित गर्छ ।
विवाहपछि पनि श्रीमतीले सेक्स सम्बन्ध राख्न नमाने ?
सिधै अर्की भित्र्याइन्छ, यसमा कुनै विमति छैन ।

प्रतिक्रिया