खोजखबर

रेविज लागेको भैंसीको मासुले गाउँले त्रसित

सौर्य अनलाइन २०६९ असोज २३ गते ११:५३ मा प्रकाशित

चितवन, २३ असोज । चितवनको पूर्वी भेगमा विरामी भैसीको मासु खाएपछि गाउँलेहरुमा डर–त्रास वढ्दै गएको छ ।
पिप्ले–७, गड्यौलीमा स्थानीय वलराम चेपाङले विरामी भएको भैसीको मासु काटेर गाउँलेहरुलाई खुवाएपछि त्रास बढेको हो । तीन महिना अघि कुकुरले टोकेर विरामी अवस्थामा रहेको भैंसीलाई स्थानीय खेमराज कँडेलको चेपाङसँग बेचेका थिए ।
भैंसी टोक्ने सो कुकुरमा रेविज भएको स्थानीयको भनाई छ । तेह्र हजार रुपियाँमा खरिद गरिएको विरामी भैंसीको मासु बेचेर चेपाङले चौध हजार रुपियाँ कमाएका छन् ।
‘भैसी विरामी भएको भन्ने कुनै जानकारी भएन,’ चेपाङले भने, ‘कुकुरले टोकेको भैंसीले ¥याल चुहाउने र आफैले आफैलाई टोक्ने लक्षण देखाएपछि मैले काटेर मासु बेचेको हुँ ।’
स्वाथ्य केन्द्र पिप्लेका प्रमुख चन्द्रवहादुर हमालले स्थानीय वासिन्दाहरुको सूचनाका आधारमा भैंसीलाई पनि रेविज हुन सक्ने वताए । उनले भने, ‘भैंसीमा देखिएको लक्षण रेविज हो ।’
जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा.विष्णुकुमार श्रेष्ठले पनि भैंसीलाई रेविज भएको अनुमान गरेका छन् । रेविज सर्ने सरुवा रोग भएकाले ¥यालका कारण प्रत्यक्ष सम्र्पक मासु काट्ने वढी प्रभावित हुने अनुमान श्रेष्ठको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय