कांग्रेस भित्रको आन्तरिक विवाद अन्त्य गर्न सुझाव

सुनसरी, २२ असोज । कांग्रेसका युवा नेताहरुले पार्टीमा देखिएको आन्तरिक विवाद अन्त्य गरेर जानुको विकल्प नरहेको बताएका छन् ।
सुनसरीमा आज आयोजित कार्यक्रममा उनीहरुले सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवाबीचको बेमेल सल्टाउनै पर्ने बाध्यता रहेको बताए ।
कोषाध्यक्ष चित्रलेखा यादवले मधेसका मुद्दा उठाएर अघि बढेको मधेसी जनअधिकार फोरमले मधेसी जनताका वास्तविक मुद्दा र समस्यालाई सत्तामा पुगेपछि बिर्सने गरेको आरोप लगाईन ।
उनले मधेसका मुद्दालाई कांग्रेसले पहिलेदेखि नै उठाउँदै आएकाले अहिले पनि मधेसका मुद्दामा आफूहरु गम्भीर रहेको बताईन ।
केन्द्रीय सदस्य गगन थापाले एमाओवादीले जनसंविधानले मुलुकलाई समस्यामा पारेको बताए । उनले सत्ताकब्जाको रणनीतिले मुलुकमा नयाँ संविधान आउन नसकेको आरोप पनि लगाए ।

प्रतिक्रिया