फिलिपिन्समा शान्ति–सम्झौता

मनिला : फिलिपिन्सका राष्ट्रपति बेनिग्नो आकिनोले सरकार र इस्लामिक विद्रोहीबीच शान्तिसम्झौता भएको घोषणा गरेका छन् । मोरो इस्लामिक लिबेरेसन फ्रन्टको विद्रोही समूहले फिलिपिन्सको दक्षिणी क्षेत्रमा दशकौँदेखि हिंसा मच्चाउँदै आएकामा सो समूहसँग शान्तिसम्झौता भएको उनले बताएका हुन् । उक्त समूहले मच्चाएको हिंसाका कारण सन् १९७० यता एक लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ । सम्झौतापछि मिन्दानाओ प्रान्तमा शान्ति स्थापना हुने राष्ट्रपति आकिनोले बताए छ । मोरो इस्लामिक लिबेरेसन फ्रन्टले सन् १९७० देखि मिन्दानाओमा स्वायत्तशासन व्यवस्थाको लागि लडाइँ लड्दै आएको छ ।
यसैबीच फिलिपिन्स मुस्लिम विद्रोहीले पनि सम्झौताप्रति प्रशन्नता व्यक्त गरेको छ । फ्रन्टका एक उच्च अधिकारीले सम्झौता घोषणाका लागि राष्ट्रपतिलाई धन्यवाद दिएका छन् । (एएफपी)

प्रतिक्रिया