तीन एमाले नेता निष्काशित

उदयपुर : एमाले उदयपुरले पार्टी हितविपरीत काम गरेको भन्दै तीन नेतालाई कारबाही गरेको छ । उपाध्यक्ष अशोक राई समूहको पार्टी परित्याग कार्यक्रममा सहभागी भएको भन्दै एमालेले उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव ढकबहादुर विष्ट, बेल्टार गाउँ कमिटी अध्यक्ष गोपाल राई र सचिवालय सदस्य किशोर ताम्राकारलाई कारबाही गरेको हो ।
उनीहरूले पार्टी हितविपरीत काम गरेकाले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले उदयपुरका अध्यक्ष वेदप्रसाद पोखरेलले जानकारी दिए । यसैगरी, क्षेत्रीय कमिटी सदस्य बमबहादुर राना, मैनामैनी क्षेत्रीय कमिटी सदस्य नुनी राई र गाउँ कमिटी सचिव बालकुमार राईलाई सातदिने लिखित स्पष्टीकरण सोधिएको उनले बताए । उनीहरू भर्खर पार्टी परित्याग गरेका अशोक राई नेतृत्वको अग्रगामी विचार समूहमा संग्लन भएको बताइन्छ ।

प्रतिक्रिया