दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं, २१ असोज । झापा र प्युठानमा आज भएका अलग अलग सवारी दुर्घटनमा दुई जनाको मृत्यु भएको छ ।
प्युठान जिल्लाको बड्डाँडामा आज भएको सडक दुर्घटनामा एक जना महिलाको मृत्यु भएको छ ।
प्यूठानबाट बुटवलतर्फ जाँदै गरेको मोटरसाइकल र विपरित दिसाबाट आउँदै गरेको ट्याक्करसँग ढुङ्गढी–१, डाँडापसल नजिक ठोक्किदा निमा बुढाको मृत्यु भएको हो । २८ वर्षीय निमा प्यूठान रजवारा–५ निवासी हुन् ।
दाङको भालुवाङबाट प्यूठान जाँदै गरेको लु २ त ३९४५ नम्वरको ट्याक्टरसँग रा २ प २०६ नम्वरको मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनामा उनका पति दिलिप र एक वर्षीया छोरी सुस्मिता सकुशल छन् ।
उता, झापाको मेचीनगरमा आज बिहान भएको दुर्घटनामा रिक्सा चालक धनसिंह राजवंशीको मृत्यु भएको छ ।
धुलाबारी बजारबाट पूर्वपश्चिम राजमार्गतिर आउँदै गरेको मे १ ख १०९० नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय रिक्सा चालक ५२ वर्षीय राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । सौर्य

प्रतिक्रिया