७ वर्षे रोचक परिवारको सबैभन्दा सानो सदस्य थियो । त्यसैले उसलाई सबैले खुबै माया गर्थे । नयाँ वर्षको पहिलो दिन रोचकको जन्मदिन पथ्र्यो । जन्मदिनमा उसले सबैबाट धेरै उपहारहरू पाउँथ्यो । उसलाई सबैभन्दा राम्रो उपहार बाबाको लाग्थ्यो । बाबाले सधँै नौलो उपहार दिने गर्नुहुन्थ्यो । त्यसैले रोचक जन्मदिनमा बाबाको उपहार पर्खिरहेको हुन्थ्यो ।
यसपटकको जन्मदिनमा स्कुलका साथीहरू रोचकको घर आए । उनीहरूले खेलौना उपहार दिए । बाबाका अफिसका साथीहरू पनि आएर ‘कार्टुन फिल्म’ दिनुभयो । रमा आन्टीले ‘वाटर कलर’ दिनुभयो । हजुरबुबाले रमाइला बालकथाका पुस्तकहरू दिनुभयो । धेरै उपहार पाएर रोचक दंग पर्यो ।
रोचकलाई बाबाले के उपहार ल्याइदिनु भएको छ भन्ने थाहा थिएन ।
‘बाबा † खै त हजुरको उपहार †’ रोचकले केक काट्नुभन्दा पहिले सोध्यो ।
‘यहाँ छ रोचक †’ कतैबाट आवाज आयो ।
‘को बोलेको ?’ रोचकले चारैतिर हेर्दै सोध्यो ।
‘तिम्रो बाबाको उपहार बोलेको नि †’ आवाज एउटा ‘गिÏट बक्स’ भित्रबाट आइरहेको थियो । बाबाले हाँस्दै त्यो बक्स रोचकलाई दिनुभयो । अनि भन्नु भयो, ‘ह्याप्पी बर्थ डे रोचक †’
रोचकले केक काट्यो । अनि बाबाले दिएको बक्स खोलेर हेर्यो । बक्सभित्र एउटा सुन्दर रोबोट थियो । सानो तर एकदमै राम्रो ।
‘नमस्ते रोचक † मेरो नाम फिस्टे रोबोट हो ।’ रोबोटले भन्यो ।
‘आहा † तिमी त बोल्दा पनि रहेछौ ।’ रोचक खुशी भयो ।
‘रोचक म बोल्छु । नाच्छु । गाउँछु । अनि घरको पनि धेरै काम गर्न सक्छु ।’ रोबोटले भन्यो ।
फिस्टे रोबोटको कुरा सुनेर जन्मदिनको पार्टीमा आएका सबैजना छक्क परे । रोचकका बाबाले भन्नुभयो, ‘यो रोबोट मेरो वैज्ञानिक साथीले जर्मनीबाट पठाइदिएको हो । रोचकलाई यो वर्षको उपहार यही रोबोट भयो ।’
सबैले परर ताली बजाए । रोचकले फिस्टे रोबोटलाई साथीहरूसँग चिनजान गरायो । सबैले भने, ‘कस्तो मज्जाको रोबोट †’
रोबोट आएपछि रोचकको सान बढ्यो । शुरुमा फिस्टे रोबोट ऊ सँगै बस्यो । केही दिनपछि फिस्टेले घरको काममा पनि सघाउन थाल्यो ।
‘फिस्टे बगँैचाको फूलमा पानी हाल्न जाऊ †’ हजुरआमा भन्नु हुन्थ्यो । फिस्टे रोबोट दौडदै बगैँचामा पुग्थ्यो । अनि फूलका बोटहरूमा गीत गाउँदै पानी हाल्थ्यो । फूलहरू फिस्टेको गीत सुन्दै रमाउँथे । फूलहरू भन्थे, ‘यो फिस्टे दाइ त बडो रमाइलो हुनुहुन्छ ।’
रोबोटले आमालाई भान्छाको काममा पनि सघाउन थाल्यो । ऊ तरकारी काटिदिन्थ्यो । घरको सरसफाइ पनि गरिदिन्थ्यो । फिस्टेको राम्रो काम देखेर आमा खुशी हुँदै भन्नुहुन्थ्यो, ‘मेरो प्यारो फिस्टेलाई शनिबार म चिडियाखाना घुमाउन लगौँला ।’
फिस्टे घरमा झन्झन् व्यस्त हुँदै गयो । कहिलेकाहिँ बाबाको अफिसका समस्या पनि फिस्टेले समाधान गरिदिन्थ्यो । फिस्टे एउटा यन्त्रमानव थियो । ऊ भित्र धेरै किसिमका काम गर्न सक्ने यन्त्रहरू जडान गरिएका थिए । फिस्टेलाई बाबा भन्नुहुन्थ्यो, ‘अर्को वर्ष अब तेरो पनि जन्मदिन मनाउनु पर्छ । बुझिस् फिस्टे ?’
रोचकका बाबाको कुरा सुनेर फिस्टे रोबोट दंग पथ्र्यो । रोबोटको सबैले खुबै प्रसंसा गर्न थाले । पहिले रोचकसँग बसेर फिस्टे रमाइला खेल खेल्थ्यो । तर, अहिले फिस्टेलाई फुर्सत हँुदैन । रोचकलाई यो कुराले दिक्क बनायो ।
अझ रोचकभन्दा फिस्टेलाई सबैले ध्यान दिन्थे । रोचकलाई लाग्यो, ‘आमाबाबाले पनि मलाई भन्दा फिस्टेलाई बढी माया गर्नुहुन्छ । यो घरमा त कसैलाई मेरो मतलब छैन । अब, म यो घरमा बस्दिन । म पनि घर छाडेर गइदिन्छु ।’
रोचकले रातभरी सोच्यो । अनि बिहानै कसैलाई केही नभनी घरबाट हिड्यो । ऊ हिँड्दै धेरै टाढा पुग्यो । उसलाई भोक लाग्यो । उसँग पैसा थिएन । उसलाई कसैले खानेकुरा दिएनन् ।
रात पर्यो । जाडो महिना भएकोले मौसम चिसो थियो । ऊ सडकको पेटीमा थुचुक्क बस्यो । जाडो कम भएन । ऊ जाडोले कामिरहेको थियो । बाटो हिँड्ने कसैले पनि उसको वास्ता गरेनन् । उसलाई ओढ्ने लुगा दिएनन् ।
रोचक भोकै निदाउन खोज्यो । तर निद्रा लागेन । उसले सोच्यो, ‘यतिबेला घरमा भए आमाले बनाउनु भएको मीठो र तात्तातो खानेकुरा खान पाइन्थ्यो । अनि बाबाले न्यानो लुगा लगाइदिनुहुन्थ्यो । राति त रोबोटले पनि कथा सुनाउँथ्यो ।’
उसलाई आमाबाबाको खुबै याद आयो । घरको यादले सताउन थाल्यो । उसलाई लाग्यो, ‘बेकार घरबाट भागेर आएँ ।’
रोचक सुँक्कसुँक्क रुन थाल्यो । त्यसैबेला उसको अनुहारमा टाढाबाट कसैले टर्च बाल्यो । उसलाई डर लाग्यो । उसले सोच्यो, ‘राति यहाँ जे पनि हुन सक्छ । चोर बदमासहरूले जे पनि गर्न सक्छन् ।’ रोचक उठेर भाग्न खोज्यो ।
त्यसैबेला आवाज आयो, בरोचक †’
टर्च बोक्ने र उसलाई बोलाउने उसको बाबा हुनुहुन्थ्यो । फिस्टे रोबोट पनि सँगै उभिएको थियो । ‘फिस्टे र मैले तिमीलाई धेरै ठाउँ खोज्यौँ ।” बाबाले भन्नु भयो ।
‘अब, म कहिल्यै एक्लै घर छाडेर भाग्दिन बाबा †’ रोचकले भन्यो । बाबाले रोचकको गालामा म्वाइँ खानु भयो । अनि जुरुक्क उठाएर काँधमा बोक्नु भयो ।
सबै खुशी हुँदै घर फर्किए ।
प्रतिक्रिया