‘जातीय आधारमा पार्टी चल्न सक्दैन’

तनहुँ : एमाले उपाध्यक्ष वामदेव गौतमले जातीय आधारमा कुनै पनि पार्टी चल्न नसक्ने बताएका छन् ।
प्रेस चौतारी तनहुँले शनिबार दमौलीमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गौतमले एकीकृत माओवादी र मधेसी मोर्चाले संवैधानिक राजनीतिलाई संकटमा पुर्‍याएको आरोप लगाए । निजी स्वार्थका लागि यी दुई शक्तिले जातीय आन्दोलनलाई चर्काएर देशलाई टुक्रा पार्न खोजेको उनको भनाइ थियो । ‘मुलुकलाई निकास दिने हो भने एकल र तानाशाही खालको राज्य मान्य हुँदैन,’ उनले भने, ‘संविधानसभाको निर्वाचनसँगै बहुजातीय पहिचानसहितको राज्य हुनु आवश्यक छ ।’ (सौस)

प्रतिक्रिया