भटराईले माग प्रसस्त गर्नै पर्छः पौडेल

चरिकोट, १९ असोज । सहमतिको सरकारका लागि प्रधानमन्त्री बाबुराम भट्टराईले वाटो खोल्नु पर्ने अन्यथा आन्दोलनको आँधिवेहेरीबाट सत्ताच्युत गर्ने चेतावनी एमालेका सचिव विष्णु पौडेलले दिएका छन् ।
दोलखामा आज आयोजित तेश्रो जिल्ला प्रतिनिधि परिषद् वैठकमा उनले सहमतीय सरकार वनाउन भट्टराई सरकारलाई सत्ताच्युत गर्नु पर्ने बताए । उनले सत्ताच्युत गर्न केही समय लागे पनि सरकारलाई भुईमा ल्याएरै छाड्ने वताए ।
उनले सहमतीय सरकार गठनका लागि भट्टराई सरकार वाधक भएको भन्दै सरकारलाई ढाल्नु पर्ने बाध्यता आएको वताए ।
भट्टराई सरकारले देशलाई निकास दिन नसकेको आरोप लगाएका उनले मुलुकमा नयाँ निर्वाचन अवाश्यक रहेको पनि बताए ।

प्रतिक्रिया