तरुण दलको महाधिवेशन माघ २० गते

काठमाडौं, १८ असोज । कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको चौथो केन्द्रीय महाधिवेशन आगामी माघ–२० गतेदेखि हुने भएको छ ।
गत असोज–१४ र १५ गते सानेपामा बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको तरुण दलले जनाएको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर अधिवेशन सम्पन्न गर्न पुस–२० गतेसम्ममा सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष उदय शम्शेर राणाले जानकारी दिए ।
तरुण दलले युवा जोस र सोचले बन्छ देश अवश्य, टोल–टोलमा बनौं तरुण दलको सदस्य भन्ने नाराका साथ आगामी महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया