उपराष्ट्रपति भारत भ्रमणमा जाँदै

काठमाडांै : उपराष्ट्रपति परमानन्द झा आज भारत भ्रमणमा जाँदै छन् । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको अन्तर्राष्ट्रिय मुख्यालय माउन्ट आबु, राजस्थान भारतको निमन्त्रणामा उपराष्ट्रपति झा भारतको चारदिने भ्रमणमा जान लागेका हुन् ।
माउन्ट आबु, राजस्थानमा हुने केन्द्रको अमृत महोत्सव समापन समारोहमा सहभागी हुने कार्यक्रम छ । सात सदस्यीय भ्रमण टोलीमा उपराष्ट्रपति पत्नी नवीना झा, उपराष्ट्रपति कार्यालयका सचिव हरिप्रसाद नेपालसमेतको सहभागिता रहनेछ । कार्यक्रममा सहभागी भई उनी बाराणसी हँुदै २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । (सौस)

प्रतिक्रिया