पूर्वमन्त्री शर्माले भ्रष्टाचार गरेको ठहर

काठमाडौं, १७ असोज । विशेष अदालतले पूर्वमन्त्री स्वर्गीय रविन्द्रनाथ शर्माले भ्रष्टाचार गरेको फैसला सुनाएको छ ।
शर्माको २०६५ सालमै निधन भएको थियो । उनले मन्त्री हुँदा पदीय मर्यादा विपरित अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले विषेश अदालतमा भ्रष्टाचारको मुद्धा दायरगरेको थियो ।
अदालतका न्यायाधीश अध्यक्ष गौरीबहादुर कार्की, सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले शर्मालाई भ्रष्टाचारी ठहर गरेको हो । फैसलामा उनले २ करोड २७ लाख ७६ हजार ७ सय २४ रुपियाँ भ्रष्टाचार गरेको जाईएको छ ।
पूर्व मन्त्री शर्माको मृत्यु भइसकेकाले कैद तथा जरिवाना नहुने फैसलामा उल्लेख छ ।

प्रतिक्रिया