सहमतीय राजनीतिमा एमाओवादी बाधक

काठमाडौं, १६ असोज । नेपाली कांगे्रसका सभापति सुशील कोइरालालले सहमतिको सरकार निमार्ण र सहमतीय राजनीतिलाई निरन्तरता दिन एमाओवादी पटक/पटक बाधक बनेको आरोप लगाएका छन् ।
महाराजगञ्जस्थित आफ्नै निवास महाराजगञ्जमा आज विहान नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोड्डीसँगको भेटका क्रममा कोइरालाले एमाओवादीको गैर राजनीतिक क्रियाकलापले सहमतिमा समस्या आएको बताए ।
उनका निजी सहयोगी लक्ष्मण ढकालका अनुसार कोइरालाले एमाओवादीले सहमतिहरु कार्यन्वयन नगरेकै कारण मुलुकमा राजनीतिक अन्यौलता छाएको छ ।
सभपाति कोइरालाले राजदूत बोड्डीलाई सहमतिका आधारमा अगाडि बढ्न कांग्रेस तयार रहे पनि एमाओवादीको धोकाको राजनीतिले समस्या बनाएको गुनासो गरे । उनले भने, ‘एमाओवादी पूर्व सहमतिका आधारमा इमान्दार भएर आए निकास छिटो आउँछ ।’
भेटमा राजदूत बोड्डीले गत शनिबार कपनमा कोइराला माथि भएको आक्रमणप्रति चिन्ता जनाउँदै नेपाली राजनीतिका बिषयमा समेत गहिरो चासो देखाएका थिए ।

प्रतिक्रिया