नेपाली कांग्रेसका वयोवृद्ध सभापति सुशील कोइराला आफ्नै पार्टीको कार्यक्रममा आफ्नै कार्यकर्ताबाट आक्रमणमा परे । नेपाली कांग्रेस ४ नम्बर क्षेत्रीय समितिले आयोजना गरेको सम्मेलन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनेका कोइरालालाई पार्टीका क्रियाशील सदस्य प्रवेश बस्नेतले फोटोको फ्रेमले प्रहार गरेका थिए । त्यहाँ रहेका नेता–कार्यकर्ताले उनलाई मुस्किलले जोगाए । आक्रमणलगत्तै कांग्रेस कार्यकर्ता प्रत्याक्रमणमा उत्रे र बस्नेतमाथि उल्टै जाइलागेर गम्भीर घाइते तुल्याए अर्थात् इाटाको जवाफ पत्थरले दिइयो ।
राजनीतिक दलप्रति विश्वास गुम्दै जाादा जनताको आक्रोश विभिन्न रूपबाट पोखिन थालेको छ । कांग्रेस सभापति सुशील कोइरालामाथि शनिबार आफ्नै कार्यकर्ताबाट भएको भौतिक हमला त्यही आक्रोशको एउटा रूप हो । तर, यसलाई आक्रोश व्यक्त गर्ने सबैभन्दा गलत तरिकाका रूपमा बुझ्नुपर्छ । ‘नेताले कुटाइ खाएछन्, ठिक्क पर्यो’ भन्ने मनोभावना जनतामा अहिले जो विकास भइरहेको छ, सभ्य समाजका निम्ति यो एउटा नकारात्मक समाचार हो । तर, आक्रमण जति गलत थियो, त्योभन्दा गलत थियो प्रत्याक्रमणको शैली । कांग्रेसका कार्यकर्ताले आक्रमणकारीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउनुको साटो चारैतिरबाट घेरेर धित मर्नेगरी कुटे । करिब १५ मिनेट कुटिएपछि मात्र प्रहरीले घटनामा हस्तक्षेप गर्यो । अलिकति खुला छाती देखाएर सभापति कोइरालाले कुटपिट रोक्न कार्यकर्तालाई आग्रह त गरे तर उनको बुढ्यौली आग्रह हावामा कतै विलायो । अहिले आक्रमण गर्ने र आक्रमणमा पर्ने दुवै पक्ष अस्पतालको बेडमा छन् ।
नेताहरूमाथि भौतिक आक्रमण यो पहिलो होइन । संक्रमणकालीन समयमा विभिन्न दलका शीर्ष नेताहरू आफ््नै कार्यकर्ताको क्रोधको निसाना बन्न थालेका छन् । यसअघि एमाले अध्यक्ष झलनाथ खनाललाई सुनसरीमा पार्टीका कार्यकर्ताले झापड हानेका थिए । एमाओवादी अध्यक्ष प्रचण्डलाई पनि उनकै पार्टीको कार्यक्रममा कुर्सी प्रहार गरेका थिए । तीनवटै घटनामा आक्रमणका प्रकृति र कारण फरक छन् । झलनाथमाथि आक्रमण गर्नेले आमराजनीतिप्रति वितृष्णा पोखेका थिए भने पार्टीभित्रको चरम गुटबन्दीका कारण प्रचण्डमाथि कुर्सी प्रहार भएको थियो । यता, कोइरालालाई फोटोको फ्रेमले कार्यकर्ताले भने आफूलाई मञ्चमा आसन ग्रहण नगराइएकोमा मात्रै असन्तुष्टि जनाएका छन् । यद्यपि, तीनवटै घटनाले के देखाउाछ भने नेताहरू आफ्नै कार्यकर्ताबीच पनि अलोकप्रिय छन् । जब नेताहरू आफ्नै कार्यकर्ताबाट असुरक्षित हुन्छन् भने त्यतिबेला उनीहरूको अलोकप्रियताले सीमा नाघेको छ भनेरै बुझ्नुपर्छ । आफ्नै कार्यकर्ताबाट नेतालाई सुरक्षा दिन कसरी सक्छ राज्यले ?
राजनीतिक दलहरू आफ्नो जिम्मेवारीका हर मोर्चामा असफल बन्दै गइरहेका छन् । दल हााक्ने शीर्ष नेताहरूप्रति जनताको भरोसा शून्य अवस्थामा पुग्न लागेको छ । चार वर्षसम्म एउटा संविधानसमेत बनाउन नसक्ने दलहरूबाट जनता आजित हुनु अस्वाभाविक होइन । तथापि, दलहरूलाई बाटो देखाउने जनताले हो । सजाय दिने पनि जनताले हो । भौतिक हमला गर्नु सजाय दिने प्रजातान्त्रिक तरिका होइन । प्रजातन्त्रमा दल र नेताहरूलाई सजाय दिने अवसर जनतालाई पटक–पटक आउाछ । अहिले जो दल र नेताहरू सत्ता र शक्तिमा छन्, विगतमा जनताले पत्याएरै शक्तिशाली भएका हुन् । भोलि जनताले उनीहरूलाई अविश्वास गरेपछि स्वत: पाखा लाग्नेछन् । नेताहरूले पनि यस्ता घटनालाई नितान्त आपराधिक क्रियाकलापका रूपमा मात्र लिएर सन्तोष मान्नु हुादैन । यो एउटा अवसर हो नेताहरूलाई, आफूहरू कति तल गिरेका छौा भनेर जााच्ने । जनता भनेका नेताका ऐना हुन् । जसले ऐनाभित्र आफूलाई नियालेर सुध्रिने चेष्टा गर्छन् उनीहरूको मात्र भविष्य सुरक्षित छ । जो यसलाई नितान्त आपराधिक घटनाका रूपमा लिएर केवल कानुनी डन्डा प्रयोग गर्न खोज्छन्, उनीहरूले बारम्बार यस्ता घटनाको सिकार हुनुपर्ने हुन सक्छ ।
प्रतिक्रिया