९९ एचआइभी संक्रमित प्युठानमा

प्युठान, १४ असोज । प्युठान जिल्लामा बर्सेनि एचआइभी संक्रमित व्यक्तिको संख्या वृद्धि हुुँदै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
हालसम्म प्युठानमा संक्रमितको संख्या ९९ पुगेको छ । एचआइभी पोजिटिभ भेटिएकाहरुमा प्रवासी श्रीमान र गृहिणीको संख्या धेरै रहेका छन् ।
कार्यालयमा देखिन नआउनेको संख्या अझ धेरै हुनसक्ने स्वास्थ्य कार्यालयका जिल्ला एड्स समन्वय समितिका कार्यक्रम संयोजक राजेन्द्रबहादुर राउतले बताए ।
जिल्लामा सबैभन्दा बढी सातजना रस्पुरकोट गाविसमा मात्रै पुगेका छन् । ओखरकोट, गोठिवाङ, धर्मावती, विजुवारलगायतका गाविसमा संक्रमित व्यक्तिको संख्या अरु गाउँको भन्दा धेरै रहेका छन् ।

प्रतिक्रिया