सल्यानमा जीप दुर्घटना

सल्यान, १२ असोज । सल्यान जिल्लामा आज भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार यात्रु घाईते भएका छन् ।
सिनवाङबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा. १ ज ३४७ नम्वरको जीप विहान साढे एघार बजे रिमस्थित ओरालोमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जीपका चालक सिनापाङ–६ का २० बर्षीय लालबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । ४ घाइतेको अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भईरहेको छ ।

प्रतिक्रिया