विमान दुर्घटना पछि कार्यक्रम स्थगित

काठमाडौं, १२ असोज । विमान दुर्घटनामा १९ जनाको ज्यान गएकोमा नेकपा–माओवादीले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
प्रवक्ता पम्फा भुषालले आज विज्ञप्ति जारी गरे १९ जनाको ज्यान जाने गरी भएको दुःखद दुर्घटनाबाट नेकपा–माओवादी स्तब्ध भएको जनाएकी छन् । उनले दुर्घटनामा निधन भएका परिवारजन र आफन्तप्रति समवेदना पनि प्रकट गरेकी हुन् ।
यसैवीच, विमान दुर्घटनामा शोक मनाउन नेकपा–माओवादीले काठमाडौंमा आजका लागि तय गरेको विरोध सभाको कार्यक्रमलाई स्थगित गरेको छ । स्थगित भएको कार्यक्रम असोज–१६ गते हुने विज्ञप्तिमा जनाईएको छ ।
नेकपा–मओवादीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका ७० बुँदे माग पुरा गराउन दबाव दिन आज काठमाडौंमा विरोध प्रदर्शन र जनसभाको कार्यक्रम राखेको थियो ।

प्रतिक्रिया