निर्माता खतिवडा अस्पतालमा

काठमाडौं : चलचित्र भेटीका निर्माता नारायण खतिवडा अस्पतालमा छन् । गत शनिबार साँझ हृदयाघात भएपछि भरतपुर मेडिकल कलेज भर्ना गरिएका उनलाई पाँच दिनसम्म आइसियुमा राखेर बुधबार जनरल वार्डमा सारिएको छ । उनलाई अझ केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।
उनले निर्माण गरेको चलचित्र भेटी आगामी कात्तिक १७ गतेदेखि देशभरबाट प्रर्दशनमा आउने तयारीमा छ । प्रमोद खड्का, राजेन्द्र खड्गी, विष्णु सापकोटा र संयोज खतिवडा मुख्य भूमिकामा छन् । सच्चा मनले पनि धर्म हुन्छ, त्यसका लागि मन्दिरै पुगेर भेटी चढाइरहनु पर्दैन भन्ने सन्देश बोकेको चलचित्र किशोर चौधरीले निर्देशन गरेका छन् । (सौस)

प्रतिक्रिया