कोरियन लुक्स नायक

काठमाडौं : पछिल्लो समय चलचित्रले राम्रो व्यापार गर्न नसके पनि नयाँनयाँ अनुहारको आगमन भने बढ्दै छ । यसै क्रममा दानियल तामाङ चलचित्र नजरको फूलमार्फत नायकका रूपमा देखापर्दै छन् । कोरियन लुक्सका यी नायकले यसै चलचित्रमार्फत आफू चलचित्र क्षेत्रमा जम्ने आशा व्यक्त गरेका छन् ।

‘मैले यो चलचित्रमा कोरियन स्टाइलका एक्सनहरू पनि गरेको छु, यिनले राम्रो चर्चा दिलाउने आशा छ,’ उनले भने । त्यसो त दानियलले यसअघि सानो पर्दाका टेलिचलचित्र तथा म्युजिक भिडियोमा भने प्रशस्तै अभिनय गरिसकेका छन् । ‘सानो पर्दाको सफलताले ठूलो पर्दातर्फ लोभ्याएको हो,’ उनले सुनाए । पहिलो चलचित्रमै भरपुर एक्सन गरेका दानियलले नजरको फूलका लागि नायिका सुष्मा भारतीसँगको ग्ल्यामरस गीतमा फिल्मी रोमान्स पनि गरेका छन् । अभिनय, नृत्य र द्वन्द्वका विभिन्न प्रशिक्षणपछि चलचित्रमा आएको दाबी गर्ने उनी यो चलचित्रले आफूलाई कोरियन स्टाइलको नायकका रूपमा स्थापित गराउने विश्वास गर्छन् । (सौस)

प्रतिक्रिया