बेल्जियममा नेपाली महिला उम्मेद्वार

बेल्जियम, २२ सेम्टेम्बर । आगामी अक्टोबर १४ मा हुनगइरहेको बेल्जियमको स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल सिडिएण्डभीले नेपाली महिला लीला शर्मा मानन्धरलाई उम्मेद्वार खडागरेको छ ।
बेल्जियममा बैधानिक र अवैधानिक गरी करिब ५ हजार नेपालीको बसोबास गर्छन् । उनको उम्मेद्वारीले पाकिस्तानी, बंगालादेशी, श्रीलंकन, मोरक्कन, भारतीयलगायत केही मुस्लिमबाहुल्य रहेको देशका समुदायबीच उमेदवारको चर्चा चल्ने गरेको छ ।
शर्माले भनिन्, ‘महिला भएकै नाताले र महिलाकै बाहुल्य रहेकाले मेरो उम्मेद्वार दरो देखिन्छ ।’ १० वटा संघीय क्षेत्र रहेको बेल्जियममा उनको उम्मेद्वार बढी विदेशीहरुको बाहुल्य रहेको एन्त्वारपेन क्षेत्रबाट रहेको छ ।

बेल्जियममा ७ वर्षदेखि बस्दै आएकी शर्माको स्थायी घर महाकाली अञ्चलको डडेल्धुरामा पर्छ । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातककोत्तरसम्मको अध्ययन गरेकी छन् ।
नेपालमा रहँदा उनले नेपाल होटल श्रमिक संघ, ट्रेड युनियन कांग्रेसको केन्द्रीय सदस्य भएर काम गरेकी थिईन ।

प्रतिक्रिया