सर्ट फिल्म प्रतियोगिता हुने

काठमाडौं : छोटा चलचित्रलाई समेटेर राजधानीमा सर्ट फिल्म प्रतियोगिता एजुकेटिङ नेपालको आयोजना हुने भएको छ । हिमाल एसोसिएसन, काठमाडौं, अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) र ओपन सोसाइटी फाउन्डेसनको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताले शिक्षामा केन्द्रित हुँदै गएको विश्वसमुदायको ध्यान र त्यसले सामाजिक जीवनमा पारेको प्रभावलाई बहसको विषय बनाउने उद्देश्य आयोजकले लिएको छ ।
डकुमेन्ट्री, फिक्सन, एनिमेसन अथवा प्रयोगात्मक सबैखाले छोटा फिल्मले सहभागिता जनाउन पाउनेछन् । ३० वर्षसम्मका युवाले निर्माण गरेको सामग्री मात्र सहभागिता गराइनेछ । फिल्म ५ मिनेटसम्मको अवधिको हुनुपर्नेछ भने अंग्रेजीमा सबटाइटल हुनुपर्नेछ ।
तीन सदस्यीय निर्णायक मण्डल रहने प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने उत्कृष्ट तीन फिल्मलाई क्रमश: ७५ हजार, ५० हजार र ३५ हजार रुपियाँसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । (सौस)

प्रतिक्रिया