चरेश बरामद गर्न हवाई फायर

मकवानपुर, ८ असोज । मकवानपुर जिल्लाको हाँडीखोला–७ बस्ने ३५ बर्षीय शुकबहादुर मोक्तानलाई प्रहरीले लागूऔषध चरेश सहित आज पक्राउ गरेको छ ।
प्रहरीले मोक्तानसँग रहेको ९ किलो चरेश पनि नियन्त्रणमा लिएको छ । प्रहरी चौकी नेवारपानीबाट गस्तीमा खटिएको टोलीले आज विहान हाँडीखोला–७, मसिने दोभानबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
शंकास्पद अवस्थामा हिँडिरहेका मोक्तानसहित २ जनालाई रोक्न खोज्दा उनीहरुले बोकेको झोला फालेर भागेका थिए । भाग्ने क्रममा प्रहरीले हवाई फायर गरेपछि मोक्तान भने रोकिएका थिए ।
अर्का फरार व्यक्तिले फालेको झोलाबाट १२ किलो चरेश पनि बरामद भएको छ ।
उता, बिराटनगर उपमहानगरपालिका–१७ बाट प्रहरीले आइतबार राति धरान–८ बस्ने ४० बर्षीय सलम राई सहित ३ जनालाई लागूऔषध सहित पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ९ सय ६ थान टिटी इन्जेक्सन बिरामद गरेको जनाएको छ ।

प्रतिक्रिया