क्याम्पसमा विद्यार्थीको कालो झण्डा

काठमाडौं, ८ असोज । शुल्क बृद्धिको बिरोधमा विपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरुले त्रिभुवन विश्व विद्यालय अन्तर्गतका क्याम्पसहरुमा आज कालो झण्डा गाडेका छन् ।
शुल्क बृद्धिको निर्णय फिर्ता लिन माग गरेर नौ विद्यार्थी संगठनहरुले मुलुक भरिका क्याम्पसमा कालो झण्डा गाडेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । राजधानीका त्रिचन्द्र, आरआर, शंकरदेव, मीनभवन, सरस्वती, अस्कल, ताहाचल, त्रिविलगायतका क्याम्पसमा कालो झण्डा गाडिएको उनले बताए ।
विद्यार्थी संगठनहरुले उपत्यका बाहिरका क्याम्पसहरुमा पनि बिरोधमा कालो झण्डा गाडेका छन् ।
त्रिविले सरसल्लाह नगरेर गरिव विद्यार्थीलाई ढाडसेक्ने गरेर शुल्क बृद्धि गरेको नौं विद्यार्थी संगठनहरुको आरोप छ । उनीहरुले त्रिविले बैज्ञानिक रुपमा शुल्क लागू गर्नुपर्ने माग पनि गरेका छन् ।
त्रिविले हालै आफू मातहतका सबै क्याम्पसमा लागू हुने गरेर दश प्रतिसतका दरले शुल्क बृद्धि गरेको थियो ।

प्रतिक्रिया