जुँगाको लडाइँ

पेरिस : जुँगालाई पुरुषार्थसँग तुलना गर्नेको हामीकहाँ कमी छैन, न त जुँगामा ‘ताउ’ लगाउँदा ‘सान’ बढ्छ भन्नेकै कमी छ । हामीकहाँ जस्तै जुँगामोह युरोपका पुरुषमा पनि हुन्छ भन्ने थाहा पाउँदा धेरैलाई रोचक लाग्न सक्छ । गत साताको अन्त्यतिर पूर्वी फ्रान्समा करिब सयजना युरोपेली ‘मुस्तन्ड’को भेट भयो । ‘युरोपेली दाह्री तथा जुँगा च्याम्पियनसिप’मा सहभागी हुने बहानामा उनीहरूबीच फ्रान्सको विटर्सडोफ भन्ने ठाउँमा भेट भएको हो । दाह्रीलाई आकर्षक र सानदार देखाउन प्रतियोगीहरू दाह्री खुल्ने खालका पोसाक लगाएर प्रतियोगितामा उपस्थित भएका थिए । जुगा कोर्न र ताउ लगाउनै अधिकांशले आफ्नो समय खर्चिने गरेका थिए । बेलायती पत्रिका ‘डेलिमेल’ले प्रतियोगिताको फोटो फिचर प्रकाशित गरे पनि पूर्ण व्यवहोरा भने दिएको छैन । (एजेन्सी)

प्रतिक्रिया