कञ्चनपुमा हात्ती आतंक

कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्र बाइसे बिचुवामा जंगली हात्तीले आतंक मच्चाएको छ । शनिबार राति गाउँ छिरेको हात्तीको बथानले स्थानीय बासिन्दाका ६ घर भत्काउनुका साथै घरभित्र राखेको अन्न सबै खाइदिएको छ ।
निकटवर्ती भारतीय दुधुवा नेसनल पार्कबाट एक दर्जनभन्दा बढीको संख्यामा आएको हात्तीको बथानले स्थानीय बासिन्दाले पाँच बिघाभन्दा बढी क्षेत्रफलमा लगाएको धानबालीमा नोक्सानी पुर्‍याएको स्थानीय गोपाल गुरुङले बताए । हात्तीको बथान लालझाडी वनतर्फ लागेकाले रैकवार बिचवा र कृष्णपुरमा आतंक मच्चाउनसक्ने स्थानीयवासी बताउँछन् । (सौस)

प्रतिक्रिया