इजरायल नष्ट हुने दाबी

तेहरान : इरानी सेनाप्रमुख प्रमुख जनरल मोहम्मद अली जफारीले इरानमाथि इजरायली आक्रमण भएरै छाड्ने बताएका छन् । आक्रमणपछि यहुदी राज्य नष्ट हुने दाबीसमेत उनले गरेका छन् । ‘युद्ध भएरै छाड्छ तर कहिले र कहाँ हुन्छ त्यो निश्चित छैन,’ जनरल जफारीले शनिबार भने । उनले इस्लामिक क्रान्ति आºनो लक्ष्यतर्फ बढिरहेकाले विरोधीलाई असैह्य भएको जिकिर उनले गरेका छन् । ‘त्यसैले उनीहरूले हामीमाथि आक्रमण गर्नेछन्,’ उनले भने । इरानले इजरायलसँग सशस्त्र संघर्ष हुने भनी स्वीकार गरेको पहिलो अवसर हो । यसअघि यस्ता कुरालाई इरानी अधिकारीले ‘इजरायली नेताहरूले गरेको गफ’ भन्दै आएका थिए । केही समययता दुई मुलुकबीच तनाव बढ्दो छ । इजरायलले इरानी पारमाणविक केन्द्रमा आक्रमण गर्ने चेतावनी दिएको छ । इजरायलले इरानको पारमाणविक कार्यक्रम आणविक हतियार विकास गर्न लक्षित रहेको दाबी गर्दै आएको छ । इरानी पारमाणविक हतियार आफूविरुद्ध प्रयोग हुने भय इजरायलले पाल्दै आएको छ । मध्यपूर्वमा परमाणु हतियार भएको एक मात्र देश इजरायल हो ।
इरान र इजरायलबीचको सम्बन्धको इतिहास तनावपूर्ण छ । इरानले इजरायललाई राष्ट्रको मान्यता दिन अस्वीकार गर्दै आएको छ । इजरायललाई उसले ‘यहुदीवादी सत्ता’ र ‘जबर्जस्ती हडपिएको भूमि’ को संज्ञा दिँदै आएको छ । इजरायलको अस्तित्व कुनै हालतमा नस्वीकारिने प्रस्ट पार्दै इरानको सर्वोच्च निकायबाटै विश्वमानचित्रबाट इजरायलको नक्सा सदाका लागि मेटिदिने चेतावनी बारम्बार आउने गरेको छ । आफूसँग यस्तो वैरभाव राख्ने मुलुकले परमाणु हतियार प्राप्त गरे आºनो अस्तित्वमा प्रश्न उठ्ने देखेपछि इजरायलले त्यसअगावै इरानका परमाणविक केन्द्रमा हमला गर्ने चेतावनी दिँदै आएको छ । (एजेन्सी)

प्रतिक्रिया