मोबाइल हटलाइनले शिक्षकलाई सजिलो

गुल्मी, ७ असोज । शिक्षकको क्षमता अभिवृद्धि गर्दै पठनपाठन क्रियाकलापलाई प्रभावकारी बनाउन शान्तिपुर स्रोत केन्द्रले मोबाइल हटलाइनको सुरु गरेको छ । हटलाइन सञ्चालनपछि शिक्षकले पठनपाठनमा सजिलो महसुस गरेका छन् ।

क्षेत्र नम्बर १ अन्तर्गत विकट ठाउामा रहेको स्रोतकेन्द्रमा मोबाइल हटलाइन सेवा सञ्चालनमा आएपछि समस्या समाधान गर्ने आत्मविश्वासमा वृद्धि भएको सरस्वती मावि विश्वखर्कका शिक्षक सुनीलकुमार पुनले बताए । जिल्लामै पहिलोपटक शिक्षण सिकाइमा नयाँ विधिको स्थापनाले अध्यापनमा सहयोग पुगेको उदय उच्चमावि शान्तिपुरका शिक्षक श्यामलाल गौतमले बताए ।
हरेक वर्ष परिमार्जित पाठयक्रमअनुसार शिक्षक विभिन्न विषयमा तालिमप्राप्त नहुने भएकाले मोबाइल हटलाइन सञ्चालन गरिएको शान्तिपुर स्रोतकेन्द्रका स्रोतव्यक्ति कृष्णबहादुर गैरैले बताए । ‘शिक्षकमा शिक्षण विधि, प्रक्रिया, पाठयक्रम, बालमनोविज्ञान, शैक्षिक अनुभव, जिज्ञासाका जवाफको खोजी गरी शिक्षण सिकाइ प्रक्रियालाई उपलब्धिमूलक बनाउन शान्तिपुर स्रोतकेन्द्रले थालनी गरेको हो,’ गैरेले भने ।

प्रतिक्रिया