संशोधनको अधिकार राष्ट्रपतिमा छैनः भट्टराई

काभ्रे, ६ असोज । कांग्रेस केन्द्रीय सदस्य मनमोहन भट्टराईले राष्ट्रपतिलाई संविधान संशोधनको अधिकार नभएको बताएका छन् ।
काभ्रेमा आज पत्रकारसँग कुरागर्दै उनले भने, ‘भोलि एउटा राष्ट्रपति आउला, पर्सि अर्को राष्ट्रपति आउला अनि सबैले संशोधन गर्दै जाने ?’ उनले राष्ट्रपतिलाई त्यसरी संविधान बनाउने वा संशोधन गर्ने ठूलो अधिकार नरहेको दोहराए ।
संविधान संशोधन नभए निर्वाचन नहुने बताएका भट्टराईले सहमतिमा बाधा अड्काउ फुकाएर वा निर्वाचन आयोगको म्याद थपेर निर्वाचनमा जान सकिने दाबी गरे ।

प्रतिक्रिया