नौं विद्यार्थीद्धारा आन्दोलन घोषणा

काठमाडौं, ५ असोज । मूल्य बृद्धि विरुद्ध संघर्षरत विपक्षी दल आबद्ध नौं विद्यार्थी संगठनहरुले पुनः आन्दोलनका कार्यक्रम सर्वाजनिक गरेका छन् ।
काठमाडौंमा आज बसेको नौं विद्यार्थी संगठनहरुको बैठकले असोज ७ देखि १२ गते सम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
मूल्य बृद्धि फिर्ता गर्नु पर्ने तथा शैक्षिक माग पुरा गर्न दबाव दिन कार्यक्रम सार्वजनिक गरिएको लामिछानेको भनाई छ ।
संघर्षका कार्यक्रम अनुसार असोज सात गते त्रिभुवन विश्व विद्यालयमा ज्ञापन पत्र बुझाउने, आठ गते त्रिविमा कालो झण्डा झुण्डाउने, नौं गते विद्युत प्राधिकरण घेराउ गर्ने, दस गते राजधानीलगायत मुलुक भरि कोणसभा गर्ने, एघार गते आन्दोलनमा जनसहभागिताका लागि प्रचार प्रसार गर्ने तथा बाह्र गते बिरोध सभा गर्ने रहेका छन् ।
मूल्य बृद्धिको बिरोधमा संयुक्त आन्दोलन गर्दै आएका विद्यार्थी संगठनहरुले पुनः संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया