सुनीलको मदहोस

काठमाडौं : गायक सुनील श्रेष्ठको पहिलो एकल एल्बम मदहोस  बजारमा आएको छ । हालै कमलादी स्थित प्रज्ञाप्रतिष्ठान भवनमा आयोजित कार्यक्रमा संगीतकार शम्भुजित बासकोटा, शंकर पौडेल र गायक श्रेष्ठले संयुक्त रूपमा सो एल्बम विमोचन  गरे ।
संगीतकार बासकोटाले एल्बम निकाल्नुभन्दा पनि त्यसका गीतले श्रोतामा छाप छाड्नु महत्त्वपूर्ण रहेको बताए । एल्बममा मिक्सिङलगायत केही प्राविधिक पक्ष सुधार्नुपर्ने आवश्यकता उनले आँैल्याए ।
क्लिन मल्टी मिडियाको प्रस्तुति रहेको एल्बममा ६ गीत समावेश  छ । गणेश राई, घनश्याम खड्का, प्रकाशमान शाही, विश्व पौडेल र अमृत रेग्मी लेखेका गीत रहेको एल्बमा शंकर पौडेलको एकल संगीत छ । (सौस)

प्रतिक्रिया