चार दलको निर्णय राष्ट्रिय सहमति हुँदैन

काठमाडौं, ४ असोज । नेकपा–माओवादीका पोलिटब्यूरो सदस्य नारायण शर्मा पौडेलले चार दलबीच भएका सम्झौतालाई राष्ट्रिय सहमति भन्न नमिल्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले भने, ‘कस्तो निर्वाचन गर्ने बन्ने भन्ने बारेमा निश्चित नभएसम्म नेकपा–माओवादी चुनाबमा भाग लिदैन ।’ उनले बरु आफूहरु नयाँ निर्वाचन विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिए ।
चार दलको सेण्डिकेटले निर्वाचनमा जान गरेको सहमति जनमत विरोधी रहेको उनले आरोप लगाए । उनले भने, ‘चार दलको निर्वाचनमा जाने निर्णय मान्दैनौ ।’
संविधानसभाको ठेकेदारी चार दललाई नरहेको बताएका नेता शर्माले भने, ‘कस्तो संविधान बनाउने भनेर पहिला नै निश्चित गर्नु पर्छ ।’
उनले चार दलले मुलुकलाई पुर्खौली बिर्ता ठानेको आरोप लगाउँदै एकलौटी निर्णय गर्ने परम्परालाई सडकबाट परास्त गर्ने दाबी गरे ।

प्रतिक्रिया