संघका अध्यक्षलाई अल्टीमेटम

जाजरकोट, ४ असोज । विभिन्न राजनीतिक दलहरुले उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कमानबहादुर खड्कालाई पूर्व सहमति कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन ।
दलहरुको आज बसेको आकस्मिक बैठकले अध्यक्ष खड्कालाई बेलुका सम्म पूर्व सहमति कार्यान्वनय गर्न अल्टीमेटम दिएका हुन् ।
राजनीतिक दल र खड्काबीच ६ महीना भित्र संघको बिधान संशोधन गरेर एक बर्ष भित्र साधारण सभा सम्पन्न गरीसक्नु पर्ने सहमति भएको थियो ।
अध्यक्ष खड्काले पूर्व सहमति कार्यान्वयन नगरे जाजरकोट जिल्लाका राजनीतिक दलहरुले समानन्तर उद्योग बाणिज्य संघ गठन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया