विश्व विद्यालयको सभा सुर्खेतमै गर्न माग

सुर्खेत, ४ असोज । विभिन्न दल आवद्ध विद्यार्थी संगठनहरुले सुर्खेतमा मध्य पश्चिमाञ्चल विश्व विद्यालयको पहिलो सभा हुनु पर्ने माग राखेर ज्ञापन पत्र बुझाएका छन् ।
नेविसंघ, अनेरास्ववियुलगायत विभिन्न ९ विद्यार्थी संगठनले विश्व विद्यालका डीन डा.केशरसिंह रानालाई आज ज्ञापन पत्र बुझाएका हुन् ।
अनेरास्ववियुका केन्द्रीय सदस्य कमल सिजापतिले विश्व विद्यालयका पदाधिकारीहरुको गैरजिम्मेवारीका कारण पहिलो सभा नै काठमाडौंमा गर्न लागे पछि विरोध गरेको बताए । उनले भने, ‘आज बेलुकासम्म माग पुरा नगरे कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गछौं ।’

प्रतिक्रिया