अमेरिकी राजदूतको ध्यानाकर्षण

काठमाडौं, ३ असोज । एमाओवादीलाई आतंककारी सूचीबाट हटाएको विरोधमा द्वन्द्वपीडित राष्ट्रिय समाजले अमेरिकी राजदूत पिटर डब्लु बोडीलाई ज्ञापनपत्र बुझाएको छ ।
दुतावासमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष केबी गुरुङले ज्ञापनपत्र बुझाउँदै एमाओवादीको सशस्त्र दशवर्षे युद्धका क्रममा कब्जा गरिएका घरजग्गा तथा सम्पत्ति अहिलेसम्म पनि फिर्ता नभएको बताए ।
उनले एमाओवादीले १२ बुँदे समझदारीपत्र, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन हुँदै सरकारको नेतृत्व गरिरहँदासम्म विगतका सहमति र सम्झौता पालना नगरेको बताए ।

प्रतिक्रिया